आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेलका क्रममा जनकपुर बोल्ट्सका समर्थकहरूमाथि कुटपिट र दुर्व्यवहार भएको भन्दै सर्लाहीमा प्रदर्शन भएको छ । जनता समाजवादी पार्टीनिकट समाजवादी युवा संघ सर्लाहीले सोमबार बिहान सर्लाहीमा प्रदर्शन गरेको हो ।
काठमाडौंमा मधेशी युवामाथिको आक्रमण नश्लीय विभेदको उपज रहेको भन्दै उनीहरूले सर्लाहीको कविलाशी नगरपालिका १० स्थित सेलम्पुर चोकमा बिहान साढे ६ बजे देखि ९ बजेसम्म टायर बालेर तथा चक्का जाम गरेर विरोध प्रदर्शन गरेको जसपा मधेश प्रदेश अध्यक्ष अशोक यादवले बताए ।
खेल हारेको रिसमा मधेशी युवामाथि कुटपिट तथा दुर्व्यवहार गर्नेहरूमाथि कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरिएको यादवले बताए । मधेशी युवामाथि कुटपिट तथा दुर्व्यवहार गर्नेमाथि कारबाही नगरिए थप कडा आन्दोलन गर्ने उनले चेतावनी दिए ।