मुग्लिन-काठमाडौं सडक दिउँसो तीन घन्टा बन्द

मुग्लिन-काठमाडौं सडक दिउँसो तीन घन्टा बन्द

काठमाडौं । काठमाडौं सडक आजदेखि दिउँसो तीन घन्टा बन्द हुने भएको छ।

निर्माणाधीन सडक विस्तारका क्रममा घुम्ती लगायत केही स्थानमा कटान गर्नुपर्ने भएकाले सडक बन्द गरिन लागेको हो। आजदेखि पुस १३ गतेसम्म बिहान ११ गतेदेखि दिउँसो २ बजेसम्म बन्द गरिने नागढुङ्गा-मुग्लिन सडक आयोजनाले जनाएको छ।

आयोजनाले सूचना जारी गर्दै राजमार्ग भएर काठमाडौं जाने आउने सवारीचालकले लेन अनुशासन पालना गरी सवारी चलाउन आग्रह गरेको छ। यो समयमा एम्बुलेन्स, प्रहरीका सवारी र दमकल जस्ता अत्यावश्यक सवारीसाधन चल्न रोकावट नहुने जनाइएको छ।

नागढुङ्गा-मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर विजय दराईका अनुसार पोखरेभिर मोड सुधारका लागि नौबिसेबाट गजुरी तर्फ जाने भारी सवारीसाधन गल्छी-बैरेनी र हलुका सवारीसाधन जरेखेतमा रोकिनेछ।

यसैगरी चितवनतर्फबाट नौबिसे जाने सवारीसाधन चालिसे र घाटबेँसीमा रोकिनेछ। विशालटार मोड सुधारका लागि मुग्लिनबाट मलेखु जाने सवारीसाधन मझिमटार र चरौंदी बजारमा रोकिनेछ।
 

खबरपाटी
खबरपाटी