मर्यादा पालना नगर्ने कर्मचारीलाई कारबाही गर्ने संसद सचिवालयको चेतावनी

मर्यादा पालना नगर्ने कर्मचारीलाई कारबाही गर्ने संसद सचिवालयको चेतावनी

काठमाडौं । संघीय संसद् सचिवालयको कर्मचारी प्रशासन शाखाले पदअनुसार आचरण र मर्यादा पालन नगर्ने कर्मचारीलाई कारबाही गर्ने चेतावनी दिएको छ । पछिल्लो समय सचिवालयमा कार्यरत केही कर्मचारीहरू जानकारीबिना कार्यालयमा अनुपस्थित हुने, हाजिर गरेर कार्यालयमा पूरा समय नबस्ने, तोकिएको पोसाक नलगाउने, अनुशासन र आज्ञापालन नगर्ने गरेको भन्दै प्रशासन शाखाले निर्देशन जारी गरेको हो ।

कार्यालयको कामकारबाहीको सम्बन्धमा सम्बन्धित शाखा वा पदाधिकारीसमक्ष गुनासो नराखी सामाजिक सञ्जाल लगायतका अनौपचारिक फोरमहरूमा अनावश्यक टीकाटिप्पणी र अमर्यादितरुपले प्रस्तुत भएको जारी भएको सूचनामा उल्लेख छ ।

‘कर्मचारीले पदीय अनुकूलको आचरण पालना नगरेको देखिएमा कानुनद्वारा दण्डनीय हुने हुँदा सचिवालयमा कार्यरत सम्पूर्ण कर्मचारीहरूलाई अनुशासन तथा आचरण विपरीतका कार्यहरू नगर्नु नगराउनुहुन र सूचनाको अवज्ञा गरी अनुशासन तथा आचरण विपरीतका कार्यहरू गरेको पाइएमा कानुनबमोजिम कारबाही हुने बेहोरा सम्पूर्ण कर्मचारीलाई जानकारी गराइन्छ‚’ सूचनामा लेखिएको छ ।

खबरपाटी
खबरपाटी