प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । दिउँसो १ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकमा कर्मचारी सरुवालगायतका मन्त्रालयगत नियमित एजेन्डामा छलफल हुनेछ ।

बिहीबार बस्ने भनिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि स्थगित गरिएको थियो । प्रधानमन्त्री ओलीको बिहीबार त्रिवि शिक्षण अस्पतालमा इन्डोस्कोपी गरिएको थियो ।   

खबरपाटी
खबरपाटी