भारतका उद्यमीलाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री राणाको आह्वान

भारतका उद्यमीलाई नेपालमा लगानी गर्न परराष्ट्रमन्त्री राणाको आह्वान

काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतका उद्यमीलाई नेपालमा ऊर्जा, पूर्वाधार विकास, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रमा लगानीका लागि आह्वान गरेकी छन्।

काठमाडौं विश्वविद्यालय र भारतको ‘फाउन्डेसन फर इकोनोमिक ग्रोथ एन्ड वेल्फर’ (इग्रो फाउन्डेसन)ले आयोजनामा भारतको राजधानी नयाँ दिल्लीमा बिहीबार सुरु  ‘भारत–नेपाल आर्थिक सम्मेलन’ (इन्डो–नेपाल इकोनोमिक कन्फ्रेन्स)मा परराष्ट्रमन्त्री राणाले यो आह्वान गरेकी हुन्।

नेपालले विदेशी लगानी र निजी क्षेत्र प्रबर्द्धनसम्बन्धी नीति उदार बनाएको पनि मन्त्री राणाले बताइन्। उनले नेपालमा लगानीको वातावरण बनेको र उच्च प्रतिफलको अवस्था पनि बनेको उल्लेख गर्दै लगानीको आह्वान गरेकी हुन्।

नेपालले विदेशी लगानी आकर्षणका लागि ‘डबल बी माइनस (बीबी माइनस) रेटिङ प्राप्त गरेको र लगानीका लागि प्रोत्साहनमुखी नीतिहरू लागू गरेको जानकारी पनि उनले गराइन्। मन्त्री राणाले नेपाल–भारत सम्बन्धलाई आर्थिक रुपमा मात्र नभई सामाजिक र सांस्कृतिक रूपमा पनि थप मजबुत बनाउनुपर्नेमा जोड दिइन् ।

खबरपाटी
खबरपाटी