फोटो मात्र होइन यिनीहरूले भिडिओ पठाएका छन् कतै:रवि लामिछाने

फोटो मात्र होइन यिनीहरूले भिडिओ पठाएका छन् कतै:रवि लामिछाने

काठमाडौं । सामाजिक सञ्जालमा अहिले एउटा तस्बिर भाइरल भएको छ, जसलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको प्रहरी हिरासतमा लिएको तस्बिर भनिएको छ ।


तस्बिरमा एक व्यक्तिलाई सिरक ओढेर सुतिरहेको देख्न सकिन्छ, तर अनुहार प्रस्ट नदेखिने भएकाले ती व्यक्ति लामिछाने नै हुन् भन्ने विषयमा विवाद छ । रास्वपाका नेताहरूले भने यो सभापति लामिछानेकै भएको र तस्बिर जानाजान सार्वजनिक गरिएको आरोप लगाएका छन् ।


लामिछानेका स्वकीय सचिवसमेत रहेका पार्टीका सह(कोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा तस्बिर साझा गर्दै कास्की प्रहरीले हिरासतको सिसिटिभी फुटेज स्क्रिनसट गरेर सार्वजनिक गरेको दाबी गरेका छन् । त्यसप्रति आपत्ति जनाउँदै रास्वपा नेता बोहराले लेखेका छन्, ‘अन्याय गर्नुको पनि हद हुन्छ। रविदाइ हिरासत कक्षमा सुतेको सिसिटिभीको यो फोटो कास्की प्रहरीले कसलाई पठाउन स्क्रिनसट गरेको होला रु अनि, के उद्देश्यका लागि सार्वजनिक गरियो रु कति हो यो फोटोको मूल्य रु न्याय मरेको छैन भने कसैले न कसैले त यसको मूल्य चुकाउनु पर्ला ।’


त्यसपछि भिडिओ लाइभमा उनले तस्बिरबारे सभापति लामिछानेसँग आफ्नो कुरा भएको बताएका छन् । उनकाअनुसार अहिले प्रहरीले हिरासत प्रवेश र सुरक्षामा कडाइ गरेको छ । ‘सार्वजनिक तस्बिर रवि दाईकै हो भन्ने कुरामा द्विविधा रहेन । उहाँ (रवि)ले म हिरासतका सुरक्षित छैन भनेर पटक पटक भनेका छन्,’ बोहराले भने, ‘उहाँले दीपक म क्यामेरातिर बसेर लेख्न पनि सक्दैन । कसैले जुम गरेर हेर्छजस्तो लाग्छ मलाई । फोटो मात्र होइन यिनीहरूले भिडिओ पठाएका छन् कतै । त्यसको छानबिन गर्नु भन्नु भएको छ ।’

खबरपाटी
खबरपाटी