फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । कर्णाली याक्समाथि रोमाञ्चक जित निकाल्दै जनकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधिनजिक पुगेको छ ।
बिहीबार भएको क्वालिफायर २ मा जनकपुरले कर्णालीलाई दुई विकेटले पराजित गर्दै सुदूरपश्चिम रोयल्ससँगको भेट पक्का गरेको हो ।
सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुरलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरिसकेको छ। यो खेलमा हार बेहोरेसँगै जनकपुरले फाइनलमा भिड्न अर्को अवसर पाएको थियो । उक्त अवसरलाई जनकपुरले सदुपयोग गर्न सफल भयो। कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै जनकपुरसँगको भेट पक्का गरेको थियो । यो भेट कर्णालीले सुखद् बनाउन सकेन ।