एनपीएल :कर्णालीसँग हारेसँगै बाहिरियो चितवन

एनपीएल :कर्णालीसँग हारेसँगै बाहिरियो चितवन

काठमाडौँ । जारी नेपाल प्रिमियर लिगको दोस्रो क्वालिफायर छनोट खेलमा चितवन राइनोज बाहिरिएको छ। आज बुधबार भएको खेलमा कर्णाली याक्ससँग पराजित भएसँगै चितवन बाहिरिएको हो। कर्णालीले चितवनलाई २१ रनले पराजित गर्‍यो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा १७५ रन बनायो। जवाफमा उत्रिएको चितवनले २० ओभरमा १५४ रनमात्रै बनायो।

खबरपाटी
खबरपाटी