स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, अर्का युवक घाइते

स्कुल बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु, अर्का युवक घाइते

काठमाडौं । कैलालीमा स्कुल बसले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। 


मृत्यु हुनेमा जोशीपुर गाउँपालिका-७ का ३० वर्षीय एकतन चौधरी छन्। 

लम्कीचुहा नगरपालिका-१० चुहामा स्थानीय सनराइज स्कुलको मप।०३-००१ क २९४१ नम्बरको सनराइज स्कुलको बसले से ३ प ४७९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो। 


दुर्घटनामा गम्भीर घाइते चौधरीका चौधरीले उपचारको क्रममा टीकापुर अस्पतालमा बुधबार राति मृत्यु भएको हो। 

मोटरसाइकलको पछाडि सवार लम्कीचुहा नगरपालिका-६ पिपरकोटीका २४ वर्षीय  विक्रम चौधरी घाइते भएका छन्। 


बस चालक घोडाघोडी नगरपालिका-२ का ४० वर्षीय भागिराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
 

खबरपाटी
खबरपाटी