एनपीएल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको ओइरो

एनपीएल हेर्न त्रिवि क्रिकेट मैदानमा दर्शकको ओइरो

काठमाडौँ । नेपाल प्रिमियर लिगको उद्घाटन खेल हेर्न आएका दर्शकले रंगशाला भरिएको छ। तर खेल हेर्नका लागि रंगशाला बाहिर पनि दर्शकको उपस्थिति उतिकै बाक्लो छ।

रंगशाला भित्र र बाहिर दुवैतिर दर्शकको भीडका कारण धेरैले खेल हेर्ने मौका गुमाउने स्थिति छ।

उद्घाटन खेलको टिकट यस अघि नै बिक्री भइसकेको जनाइए पनि बिक्री भएको टिकट पुनः रुजु गरिएकाले रंगशालामा दर्शकले सास्ती व्यवहोरिरहेका छन्।

शनिवारको उद्घाटन खेल हेर्नका लागि हजारौंले टिकट काटेका छन्। टिकट काट्ने सबै रंगशालामा लाम बसिरहेका छन्।

टिकट पुनः स्क्यान गर्ने र नयाँ कोड लिनुपर्ने बाध्यताका कारण दर्शकहरू रुष्ट बनेका छन्।

खबरपाटी
खबरपाटी