रविलाई पोखराबाट काठमाडौं ल्याइँदै

रविलाई पोखराबाट काठमाडौं ल्याइँदै

काठमाडौं । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइँदैछ।


बिहीबार अपरान्ह उनलाई काठमाडौं ल्याउने प्रहरीको तयारी छ।

त्यसका लागि उनलाई पोखरा विमानस्थल लगिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी श्यामलाल ओलियाले बताए।


सहकारी ठगीको अभियोगमा पक्राउ परेका रविलाई पोखरामा बयान सकिएकाले काठमाडौँ ल्याउन लागिएको हो।

कास्की जिल्ला अदालतले आइतबार थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएपछि उनलाई काठमाडौँ ल्याउन लागिएको हो।


काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अनुसन्धानका लागि उनको बयान लिइनेछ। बयान गराएर फेरि पोखरामै फर्काइने छ।

पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा उनी कात्तिक २ पक्राउ परेका थिए।

 

खबरपाटी
खबरपाटी