फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाण्डौ । एशियन क्रिकेट काउन्सिल एसीसीको आयोजनामा हुन लागेको १९ वर्षमुनिको एशिया कप खेल्न यूएई जाने नेपाली टोलीलाई नेपाल क्रिकेट सङ्घ क्यानले आज बिदाइ गरेको छ ।
राष्ट्रिय खेलकुद परिषद् राखेप का सदस्य सचिव टङ्कलाल घिसिङ, क्यानका सचिव पारस खड्कालगायतको उपस्थितिमा एक कार्यक्रमकाबीच टोलीको बिदाइ गरिएको हो । टोली भोलि यूएई प्रस्थान गर्नेछ ।
आउँदो शुक्रवारदेखि यूएईमा शुरू हुने प्रतियोगिताका लागि हेमन्त धामीको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा भइसकेको छ । मङ्सिर १४ देखि २३ गतेसम्म हुने एशिया कपमा नेपालको पहिलो खेल मङ्सिर १४ गते श्रीलङ्कासँंग रहेको छ । दोस्रो खेल १६ गते बङ्गलादेश र अन्तिम खेल १८ गते अफगानिस्तानसँग हुनेछ ।
१९ वर्षमुनिको एशिया कप क्रिकेटमा आठ वटा देशले सहभागिता जनाउँदै छन्