फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौँ । पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जनाउने भएका छन् ।
अखिल नेपाल कबड्डी सङ्घका अनुसार लिगमा काठमाण्डौसहित ६ वटा शहर पोखरा, विराटनगर, जनकपुर, धनगढी र बुटवलबाट टोलीले प्रतिनिधित्व गर्नेछन् ।
नेपाल कबड्डी लिगको लोगो र ट्रफीसमेत सार्वजनिक गरिएको छ । माघमा हुने लिगको यकिन मिति भने घोषणा भएको छैन । लिगका लागि सातवटा प्रदेशबाट एक सय दश जना खेलाडी छनोट भएका छन् ।
यी खेलाडी ६ फ्रेन्चाइज टिमका लागि उपलब्ध हुनेछन् । विदेशी खेलाडीको पनि सहभागिता रहने तर अहिलेसम्म यसको टुङगो नलागेको आयोजक अस्ट्रियोनिक्स म्यानेजमेन्ट प्रालिले जानकारी दिएको छ ।