दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

काठमाण्डौ । जिल्ला अदालत काठमाण्डौले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको छ ।

म्याद थपका लागि आज जिल्ला अदालतमा उपस्थित गराएकोमा पाँच दिन हिरासतमा राख्न अनुमति प्राप्त भएको नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक (एसपी) दीपकराज अवस्थीले जानकारी दिनुभयो ।

कम्बोडियाको टेलिकममा प्रधानमन्त्री केपी शर्मा ओलीले साढे ३२ अर्ब रुपैयाँ लगानी गरेको भन्दै भिडिओ कलमार्फत कसैले देखाएको अपुष्ट प्रमाण सार्वजनिक गरेपछि प्रसाईं हिजो पक्राउ परेका हुन् । उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन २०६३ को दफा ४७ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प्रसाईंलाई भक्तपुरमा रहेको निवासबाट पक्राउ गरेको थियो । उनकै निवासबाट पक्राउ परेका अरू २५ जनामध्ये १५ जनालाई प्रहरीले छाडेको छ । अरू नौ जनामाथि अभद्र व्यवहारको कसूरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रसाईंमाथि अनुसन्धान गर्न सीआईबीले साइबर ब्युरोमा पठाएको हो ।

खबरपाटी
खबरपाटी