फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । भारतीय फुटबल संघ ९एआईएफएफ०ले साफ च्याम्पियनसिपको सेमिफाइनलमा नेपालले एक घण्टाभन्दा बढी समय खेल रोकेको भन्दै उजुरी गर्ने भएको छ।
खेल भएको भोलिपल्ट एआईएफएफले साफमा उजुरी गर्ने निर्णय गरेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्।
आइतबार राती भएको खेल रेफ्रीको विवादास्पद निर्णयका कारण नेपालले खेल्न नमानेपछि करिब एक घण्टा रोकिएको थियो। रेफ्रीको निर्णयलाई लिएर दर्शकले मैदानमा बोतलहरू प्रहार गरेका थिए।
पुनः सुरु भएको खेलमा गोल गर्दै नेपालले खेललाई टाइब्रेकरमा पुर्याएको थियो। त्यसपछि नेपाल टाइब्रेकरमा ४(२ गोलले विजयी भएर फाइनल पुगेको थियो।