गोलभेँडाको मूल्य बढ्यो, यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

गोलभेँडाको मूल्य बढ्यो, यस्तो छ अन्य तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूल तथा तरकारीको मूल्य सूची सार्वजनिक गरेको छ । आज गोलभेँडाको मूल्य बढेर १४० रुपैयाँ पुगेको छ । हिजो १३५ रुपैयाँ रहेको गोलभेँडा ५ रुपैयाँले बढेको हो । 

यस दिन हरियो लसुन भने ५० रुपैयाँले सस्तिएको छ । आज २७६ मा कारोबार भइरहेकामा हिजो यसको मूल्य ३२६ रुपैयाँ थियो । त्यस्तै, चमसुरको साग किलोमा १०० रुपैयाँले बढेको छ । हिजो १२६ मा बिक्री भएको चमसुरको साग आज २२६ रुपैयाँ पुगेको छ । 

यस्तै आलु रातोको ८५, मुला रातोको ५० रुपैयाँ कायम भएको छ । यसै गरी टाटे सिमीको ८०, चिचिन्डोको ५०, लौकाको ५०, अनारको ४००, जुनारको ३०० रुपैयाँ कायम भएको समितिले जनाएको छ ।

खबरपाटी
खबरपाटी