गौशाला/धर्मशालाबारे छलफल गर्न डाकिएको पशुपति विकास कोषको बैठक स्थगित

गौशाला/धर्मशालाबारे छलफल गर्न डाकिएको पशुपति विकास कोषको बैठक स्थगित

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गौशाला/धर्मशालाबारे छलफल गर्न आइतबार डाकेको पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषदको बैठक स्थगित भएको छ।

कोषले गौशाला/धर्मशालाको व्यवस्थापन काठमाडौं महानगरपालिकालाई जिम्मा दिने सम्झौता गरेपछि विवाद उत्पन्न भएको थियो।

मन्त्रालयले तत्काललाई उक्त निर्णय कार्यान्वयन नगर्न निर्देशन दिँदै थप छलफलका लागि आइतबार बिहान ९ बजे पशुपति विकास कोष सञ्चालक परिषदको बैठक डाकेको थियो। यो बैठक अर्को सूचना नआएसम्म स्थगित गरिएको हो।

गौशाला/धर्मशाला सञ्चालनलाई लिएर परेको रिटमा उच्च अदालत पाटनले शुक्रबार अल्पकालीन अन्तरिम आदेश दिएकाले कोष सञ्चालक परिषदको बैठक स्थगित गरिएको मन्त्रालय स्रोत बताउँछ।

गौशाला/धर्मशाला सञ्चालनमा पशुपति विकास कोषको हस्तक्षेप रोक्न माग गर्दै मारवाडी सेवा समितिले उच्च अदालत पाटनमा रिट हालेको थियो। अदालतले यो विषयमा मारवाडी सेवा समितिले माग गरेअनुसार अन्तरिम आदेश दिने हो कि होइन भन्नेबारे छलफलका लागि दुवै पक्षलाई बोलाएको छ।

खबरपाटी
खबरपाटी