सभापतिलाई पोखरा लगिएपछि त्यहाँ उपलब्ध रास्वपाका नेताहरु छलफलमा

सभापतिलाई पोखरा लगिएपछि त्यहाँ उपलब्ध रास्वपाका नेताहरु छलफलमा

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपलब्ध नेताहरु पोखरामा छलफलमा छन् । सभापति रवि लामिछाने सहकारी प्रकरणमा पक्राउ परेसँगै पोखरा आएका रास्वपा नेताहरु छलफलमा जुटेका हुन्।

छलफलमा उपसभापतिद्वय डा.स्वर्णिम वाग्ले, डीपी अर्याल तोसिमा कार्की, दीपक बोहरा, शिव नेपाली, हरि ढकाल, बिनितालगायत उपलब्ध केन्द्रीय सदस्य सहभागी भएको रास्वपाले जनाएको छ।

अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न बैठक बसेको हो। रास्वपाले आज ११ बजे पोखरा चिप्लेढुंगामा विरोध प्रदर्शन गर्दैछ।प्रदर्शन चिप्लेढुंगाबाट जिल्ला प्रहरी कार्यालयसम्म पुग्नेछ। प्रदर्शनमा विभिन्न जिल्लाका प्रतिनिधि सहभागी रहेको रास्वपाले जनाएको छ।

खबरपाटी
खबरपाटी