कामना सेवा विकास बैंकको लाभासं पारित

कामना सेवा विकास बैंकको लाभासं पारित

काठमाडौँ। कामना सेवा विकास बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा मिति २०८१ साल असोज ३० गतेका दिन लिसारा रिसेप्सन, नक्साल, काठमाण्डौंमा सम्पन्न भएको छ ।

 बैंकको संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाबाट ७ प्रतिशत बोनस शेयर तथा ५ प्रतिशत नगद लाभाशं ९कर समेत० गरि कुल १२ प्रतिशत लाभाशं पारित गरेको छ । साथै, उक्त साधारणसभावाट लेखा परीक्षकको प्रतिवेदन सहित आ।व।२०८०।८१ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ।व।को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाव लगायत वित्तिय विवरणसँग सम्बन्धित अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ । त्यसै गरि सभाले १०० रुपैया दरले ३५ करोड रुपैया बराबरको वार्षिक ९ प्रतिशत लाभाशं दर कायम हुने गरि अविमोच्य असञ्चिती अग्राधिकार शेयर जारी गर्ने, प्राथमिक पुँजी वृद्धी गर्ने, र प्रबन्धपत्र तथा नियमावलीमा संसोधन गर्ने लगायतका प्रस्तावहरु समेत पारित गरेको छ । 

उक्त साधारणसभाले आ।व। २०८१/०८२ को लेखापरीक्षण नियुक्ती गर्नको लागि बैंकको लेखारीक्षण समितिद्वारा सिफारिस गरिए बमोजिम लेखापरीक्षक बि।आर एस् न्यौपाने एण्ड कम्पनी, चार्टड एकाउन्टेन्टस्लाई नियुक्ति गर्ने प्रस्ताव पारित गरेको छ । 

साधारणसभामा सेयरधनी महानुभावहरुले राख्नु भएको जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिनुभएको थियो । शेयरधनी महानुभावहरुले राख्नुभएका जिज्ञासाको जवाफ दिनुहुदै बैंकका प्रमुख कार्यकारी अधिकृत श्री दिनेश थकालीले शेयरधनीहरुको सुझाव, स्वीकृत बजेट तथा कार्यक्रम अनुसार निर्धारण गरिएको लक्ष्यहरु हासिल हुने गरी कार्य संचालन गरिएको तथा चालु आ।व।मा पनि बैंकले शेयरधनीज्यूहरुको अपेक्षा बमोजिमको लक्ष्य हासिल गर्ने बताउनुभयो । उक्त सभामा उपस्थित शेयरधनीहरुलाई बैंकका सञ्चालक भिम प्रसाद तुलाचनले मन्तव्य मार्फत् स्वागत गर्नुभएको थियो । 

खबरपाटी
खबरपाटी