मेस्सीको ह्याट्रिकसहित अर्जेन्टिना ६–० गोलले विजयी

मेस्सीको ह्याट्रिकसहित अर्जेन्टिना ६–० गोलले विजयी

काठमाडौं । कप्तान लियोनल मेस्सीको ह्याट्रिकसहित अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोट खेलमा बोलिभियाविरुद्ध ६ गोल गरेको छ । मंगलबार राति भएको खेलमा बोलिभिया ६–० गोलले अर्जेन्टिनासँग स्तब्ध भएको हो ।

खेलको १९ औं मिनेटमा मेस्सीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । त्यसपछि लाउटारो मार्टिनेज र जुलियन आल्भारेजका लागि गोलको अवसर सिर्जना गरेका थिए ।

खेलनको ६९ औं मिनेटमा थियागो अल्माडाले टोलीका लागि चौथो गोल गरेभने खेलको अन्त्यतिर २ मिनेटको अन्तरमा मेस्सीले दुई खेल थप्दै ह्याट्रिक पूरा गरे ।


यो खेलसँगै अर्जेन्टिना १० खेलबाट २२ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ भने बोलिभिया १२ अंकसहित सातौं स्थानमा रहेको छ ।


 

खबरपाटी
खबरपाटी