काठमाडौंबाट पोखरा गइरहेको माइक्रो बस भिरमा खस्यो, दुईजना घाइते

काठमाडौंबाट पोखरा गइरहेको माइक्रो बस भिरमा खस्यो, दुईजना घाइते

काठमाडौं। टोखा-छहरे सडकखण्डको शिवपुरीमा यात्रुवाहक माइक्रोबस भीरमा खसेको छ ।

सोमबार मध्यान्ह माइक्रोबस भीरबाट खसेको शिवपुरी नगरपालिका( ८ का अध्यक्ष केशव रिजालले जानकारी दिएका छन् ।


काठमाडौंबाट नुवाकोट हुँदै पोखरा जाँदै गरेको माइक्रो बस तीव्र गतिका कारण अदुवाबारी मोडबाट भीरमा खसेको हो ।

यो दुर्घटनामा दुईजना गम्भीर घाइते भएका छन् । चालक र सहचालकसहितका अरु यात्रु भने सुरक्षित रहेको जानकारी आएको छ ।

खबरपाटी
खबरपाटी