काठमाडौं । कार्यवहाक प्रधानमन्त्री प्रकाशमान सिंहले आज सर्वदलीय बैठक आह्वान गरेका छन्। आइतबार दिउँसो १ बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बस्नेगरी सर्वदलीय बैठक बोलाइएको कार्यवहाक प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
अविरल वर्षापछिको बाढी(पहिरो र त्यसबाट उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न सर्वदलीय बैठक आह्वान भएको हो। सरकारले सर्वदलीय बैठक आह्लान गरेपछि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु ले अविरल वर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न बिहान १० बजेका लागि सर्वदलीय बैठक बोलाएका थिए।
वर्षाका कारण विभिन्न स्थानहरूमा बाढी(पहिरोमा परी हालसम्म १०४ जनाले ज्यान गुमाएका छन् भने ६४ जना बेपत्ता भएका छन्। बाढी पहिरोमा परी ७३ जना घाइते भएको प्रहरीले जनाएको छ।