कोशीमा निरन्तर पानीको बहाव कमै हुँदै, खतराको अवस्था भने कायमै

कोशीमा निरन्तर पानीको बहाव कमै हुँदै, खतराको अवस्था भने कायमै

काठमाडौं । शुक्रबार रातीबाट त्रसित बनाउँदै लगेको सप्तकोशी नदीमा पानीको बहाव कम हुँदै गएको छ । तथापि, अहिलेपनि नदीमा पानी बहाव अत्याधिक उच्च खतरामा रहेको कोशी ब्यारेजले जनाएको छ ।


चतरास्थित जलमापन केन्द्रका अनुसार कोशीमा दिउँसो गरिएको मापन अनुसार पानीको बहाव ५ लाख ८२ हजार क्यूसेकमा आएको छ । यसअघि बिहान पानीको बहाव ६ बजे ६ लाख ५५ हजार ५ क्यूसेक रहेकोमा पछिल्लो केही घण्टायता बहावमा कमी आउँदै गएको केन्द्रले जनाएको छ ।

नदीमा पानीको बहाव कम हुँदै गएपनि अझै खतराबाट मुक्त भइसकेको अवस्था नरहेको केन्द्रले जनाएको छ । यद्यपि, अझैपनि कोशी ब्यारेजबाट यातायात सूचारु गर्न केही समय लाग्ने सुनसरी प्रशासनले जनाएको छ ।

खबरपाटी
खबरपाटी