काठमाडौं । रौतहट स्थित जिल्ला प्रशासन कार्यालय गौरले पहिलो पटक एकजना गैरआवासिय नेपाली नागरिकता प्रमाणपत्र प्रदान गरेको छ ।
सम्पूर्ण कानुनी प्रक्रिया मिलेपछि सोमबार जर्मनीका नागरिक फकरुदिन अलि अहमद शेखलाई प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले गैर आवासिय नेपाली नागरिकताको प्रमाण पत्र प्रदान गरेका हुन् ।
फकरुदिन अलिअहमद शेखले रौतहटको गढिमाई नगरपालिका( ३ साविक गम्हरिया पर्सा गाविस ५ जन्म स्थान तथा ठेगाना उल्लेख गरि गैरआवासिय नागरिकता प्रमाणपत्र लिएका छन् ।
नेपाल सरकारले निर्धारण गरेको प्रक्रिया अनुसार जिल्ला प्रशासन कार्यालय रौतहटबाट अलीलाई पहिलो पटक गैरआवासिय नेपाली नागरिकता प्रमाण पत्र प्रदान गरिएको प्रजिअ रेग्मीले जानकारी दिएका छन्।
प्रशासनबाट सहजरुपमा गैर आवासिय नेपाली नागरिकता प्राप्त भएपछि जर्मनी नागरिक अली खुसीसँगै आभार प्रकट गरेका थिए ।