पक्राउ पर्दा प्रसाईंले भनेः एक थोपो रगत छउन्जेल केपी ओलीसँग लड्छु

पक्राउ पर्दा प्रसाईंले भनेः एक थोपो रगत छउन्जेल केपी ओलीसँग लड्छु

काठमाडौँ । व्यवसायी दुर्गा प्रसाईंले आफ्नो पक्राउलाई केपी ओलीसँग जोडेका छन्।

साइबर कसुरमा आइतबार दिउँसो भक्तपुरस्थित निवासबाट पक्राउ परेका प्रसाईंले आफ्नो गिरफ्तारीलाई राजनीतिक रंग दिन खोजेका छन्।

प्रहरीले गाडीमा चढाउने बेलामा प्रसाईंले भने, ‘एक थोपो रगत छउन्जेल केपी ओलीसँग लड्छु।’ एक महिलाई सार्वजनिक रुपमा तथानाम भनेपछि प्रहरीको साइबार ब्युरोलाई प्रसाईंलाई नियन्त्रणमा लिन असोज २ गते जिल्ला अदालत काठमाडौँबा अनुमति लिएको थियो।

कुनै बेला एमालेको केन्द्रीय सदस्य भएका प्रसाई प्रधानमन्त्री केपी ओलीविरुद्ध चर्को अभिव्यक्ति दिएर सधैँ चर्चामा रहँदै आएका छन्।

खबरपाटी
खबरपाटी