महिला लिगमा संकटा र पुलिस विजयी

महिला लिगमा संकटा र पुलिस विजयी

काठमाडौँ । राजधानीमा जारी एन्फा महिला लिगमा संकटा फुटबल क्लब र नेपाल पुलिस क्लब विजयी भएको छ । ​

त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको पहिलो खेलमा संकटाले सुदूरपश्चिमलाई ६–० गोल अन्तरले पराजित गर्यो । संकटाको दोस्रो जितमा तेमिलोपे जेनिफरले चार गोल गरिन् । ममता पुन र पूर्णिमा हमालले एक एक गोल गरिन् । जितसँगै संकटाले सात खेलबाट आठ अंक जोडेको छ ।


सुदूरपश्चिमको भने यो लगातार सातौं हार हो ।

त्यस्तै शनिबार नै भएको दोस्रो खेलमा पुलिस क्लवले वालिङ नगरपालिकालाई २–० गोल अन्तरले पराजित गर्यो । पुलिसका लागि दुवै गोल सम्झना लावतीले गरेकी थिइन् । 

खबरपाटी
खबरपाटी