आतिशीले लिइन् दिल्लीको मुख्यमन्त्रीको शपथ

आतिशीले लिइन् दिल्लीको मुख्यमन्त्रीको शपथ

काठमाडौं । आतिशी मार्लेनाले दिल्लीको मुख्यमन्त्रीको शपथ लिएकी छन्। उनले शनिबार दिल्लीका उपराज्यपाल विनय सक्सेनासमक्ष पद तथा गोपनीयताको शपथ लिइन्।

४३ वर्षीया आतिशी सबैभन्दा कम उमेरमा दिल्लीको मुख्यमन्त्री बनेकी छन्। यसअघि अरबिन्द केजरीवाल ४५ वर्षको उमेरमा दिल्लीको मुख्यमन्त्री बनेका थिए।

सेप्टेम्बर १७ मा मुख्यमन्त्री अरबिन्द केजरीवालले राजीनामा दिएपछि आम आदमी पार्टीले आतिशीलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो।

उनी दिल्लीको तेस्रो महिला मुख्यमन्त्री हुन्। यसअघि सुष्मा स्वराज र शीला दिक्षित दिल्लीका मुख्यमन्त्री बनेका थिए।

आतिशीले दिल्लीको कालकाजी सिटबाट विधानसभा चुनाव जितेकी थिइन्।

खबरपाटी
खबरपाटी