ग्यालेक्सी टेलिभिजनमा रहँदा रविले लिए १ करोड बढी तलब

ग्यालेक्सी टेलिभिजनमा रहँदा रविले लिए १ करोड बढी तलब

काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने ग्यालेक्सी टेलिभिजनमा रहँदा १ करोड बढी तलब लिएको पाइएको छ। 

सहकारीको बचत अपचलनको छानबिन गर्न बनेको संसदीय विशेष छानबिन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा लामिछाने  ग्यालेक्सी टेलिभिजनको  प्रबन्ध निर्देशक रहँदा  १ करोड बढी तलब बुझेको उल्लेख छ।

लामिछानेले आर्थिक वर्ष ०७८र०७९मा मात्र ७४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन्। आर्थिक वर्ष ०७७र७८ मा उनले ३० लाख लिएको प्रतिवेदनमा उल्लेख छ।

लामिछानेले जम्मा १ करोड ४ लाख ३६ हजार ५ सय ८७ रुपैयाँ लिएका छन्।

खबरपाटी
खबरपाटी