सर्लाहीमा दुर्गा प्रसाईंका समर्थकले गरे राजमार्ग अवरुद्ध

सर्लाहीमा दुर्गा प्रसाईंका समर्थकले गरे राजमार्ग अवरुद्ध

काठमाडौं । दुर्गा प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी गरिएको विरोधमा नागरिक बचाउ अभियानले सर्लाहीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरेको छ।

सर्लाहीको लालबन्दीमा नागरिक बचाउ अभियानले आयोजना गरेको आमसभामा सहभागी हुने भनिएका प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएपछि आमसभामा सहभागी हुन आएका समर्थकहरुले करिब आधा घण्टा पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी बजार क्षेत्रमा चक्का जाम गरेका थिए।

उनीहरुले दुर्गा प्रसाईंको पक्षमा नाराबाजी गरेका थिए। नागरिक बचाउ अभियानले आयोजना गरेको आमसभामा प्रसाईं अनुपस्थित रहे पनि आमसभा सफल भएको कार्यक्रम संयोजक बद्री न्यौपानेले दाबी गरे।

प्रसाईंविरुद्ध पक्राउ पुर्जी जारी भएपछि लालबन्दीमा आयोजना गरिएको आम सभा स्थगित हुने हाल्ला आशंका गरिएको थियो।

खबरपाटी
खबरपाटी