दरबारमार्ग ‘कन्सर्ट’ मा प्रधानमन्त्री पनि जाँदै, पाँच हजार जना प्रहरी परिचालन

दरबारमार्ग ‘कन्सर्ट’ मा प्रधानमन्त्री पनि जाँदै, पाँच हजार जना प्रहरी परिचालन

काठमाण्डौ ।संविधान दिवसका अवसरमा अहिले काठमाण्डौको दरबारमार्गमा साङ्गितिक कार्यक्रम ‘नेसनल डे कन्सर्ट’ भइरहेको छ । नागरिकस्तरबाट गरिएको कन्सर्टमा चर्चित कलाकारहरुले साङ्गितिक प्रस्तुती दिइरहेका छन् । कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने उहाँका प्रेस सल्लाहकार प्रकास सिलवालले उज्यालोलाई जानकारी दिनुभयो ।

कार्यक्रमको सुरक्षाको लागि पाँच हजार जना भन्दा धेरै सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाल प्रहरी, सशस्त्र  प्रहरी तथा ट्राफिक प्रहरी गरी कम्तीमा पनि पाँच हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भएका जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले जानकारी दिनुभयो ।

कन्सर्टमा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुने भएकाले सुरक्षा व्यवस्था निकै कडा पारिएको उहाँले बताउनुभयो ।  हिजोदेखि दरबारमार्ग क्षेत्रमा गाडी चल्न रोक लगाएर मञ्च निर्माण भएको थियो । 

खबरपाटी
खबरपाटी