सामान्य अंकले घट्यो नेप्से, ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार

सामान्य अंकले घट्यो नेप्से, ५ अर्ब ६६ करोड रुपैयाँको कारोबार

काठमाडौँ । सेयर कारोबार मापक नेप्से परिसूचक ४ अंकले घटेको छ । नेप्से शून्य दशमलव १५ प्रतिशतले घटेर २५७६.७६ विन्दुमा सीमित भएको छ । 


आज कुल ७४ कम्पनीको सेयर मूल्य बढ्यो भने १६३ कम्पनीको मूल्य घट्यो । कुल ७ कम्पनीको सेयर मूल्य स्थिर रहृयो । आज कुल १ करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर किनबेच भए ।


आज ८० हजार ३७८ पटकको सेयर किनबेचबाट ५ अर्ब ६६ करोड ९१ लाख ९४ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो ।

विकास बैंक र निर्जीवन बिमाबाहेक अन्य सबै उपसमूहहरु घटे । निर्जीवन बीमा २०.७८ अंक र विकास बैंक ११.१६ अंकले बढेको छ । फाइनान्स ८३.६१ अंक, उत्पादन तथा प्रशोधन ५७.१३ र माइक्रोफाइनान्स ५३।०३ अंकले घटेको छ ।

खबरपाटी
खबरपाटी