राष्ट्रपतिबाट वरिष्ठ महिला चिकित्सकलाई सम्मान

राष्ट्रपतिबाट वरिष्ठ महिला चिकित्सकलाई सम्मान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका वरिष्ठ महिला चिकित्सकहरूलाई सम्मान गरेका छन् ।

नेपाल चिकित्सक संघद्धारा वुमेन इन मेडिसिन इन नेपाल २०२४ अन्तर्गत  राष्ट्रपति भवन शीतल निवासमा शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले महिला चिकित्सकहरूलाई सम्मान गरेका हुन् ।


सम्मानित हुनेहरूमा वुमन इन मेडिसिन इन नेपाल अवार्ड अन्तर्गत डा। रीता गुरूङ, डा। शान्तकुमारी सापकोटा, डा। हीरा तुलाधर, डा। गीता सायमी र डा। कल्पना सुवेदी उपाध्याय छन्। वुमेन इन मेडिसिन इन नेपाल लाइफटाइम एचिभमेन्ट अवार्ड अन्तर्गत  डा। सुनिता आचार्य, डा। सुधा खकुरेल, डा।बिमला लाखे, डा.मालती त्रिपाठी र डा।अम्बिका श्रेष्ठ हुन् । उनीहरुलाई राष्ट्रपति पौडेलले दोसल्ला एवम् सम्मानपत्रसहित सम्मान गरेका थिए ।

कार्यक्रममा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले नागरिकलाई रोगी हुनबाट बचाउनका लागि व्यापक काम गर्न जरुरी रहेको उल्लेख गरे ।


अहिलेको सन्दर्भमा स्वास्थ्य नीतिलाई थप प्रभावकारी बनाउनुपर्ने, स्वास्थ्य क्षेत्रमा महिलालाई सहज रुपमा काम गर्ने अवस्था सिर्जना गर्नुपर्नेमा उनले जोड दिए ।

खबरपाटी
खबरपाटी