७५३ वटै स्थानीय तहमा जग्गाको कित्ताकाट खुल्ला

७५३ वटै स्थानीय तहमा जग्गाको कित्ताकाट खुल्ला

सरकारले ७५३ वटै स्थानीय तहमा जग्गाको कित्ताकाट खुलाएको छ।

जग्गा वर्गीकरण नहुँदा रोकिएका ६ सय २० पालिकासमेत गरी कित्ताकाट खुलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। यसका लागि भू–उपयोग नियमावली, २०८० लाई संशोधन गरेर आगामी असारसम्मको समय थप गरी कित्ताकाट खुलाएको हो ।

यसअघि सरकारले ०८० साउन ३० गते  पनि जग्गा वर्गीकरणका लागि एक वर्ष समय थप गर्दै कित्ताकाट खुलाएको थियो । 

कित्ताकाट खुलेसँगै अब घरजग्गा कारोबार बढ्ने आकलन सरकारको छ। 

खबरपाटी
खबरपाटी