रवि लामिछार्ने राहदानी प्रकरणमा फेरि तानिने

रवि लामिछार्ने राहदानी प्रकरणमा फेरि तानिने

काठमाडौं । पूर्व उप प्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राहदानी प्रकरणको मुद्धा  ब्युँताउने तयारी गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका ािमछिाने यतिबेला सहकारी प्रकरणमा पनि बयान दिइरहेका छन् । २०७९ चैतमा तत्कालीन सरकारले रोकेको मुद्धालाई अहिलेको सरकारले ब्युँताउनका लागि महान्यायाधिवक्तासँग छलफल गरेको स्रोतले जनाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले २०७९ चैतमा दोहोरो राहदानीमा अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा चलाउनु नपर्ने रायसहितको प्रतिवेदन पठाएपछि रोकिएको थियो । प्रहरीको रायमा सहमति जनाउँदै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले फाइल उच्च सरकारी वकिल कार्यालयमा पठाइएको हो । उच्चले पनि सदर गरेर महान्यायाधिवक्ताको कार्यालयमा पठाएको थियो ।

उतिबेला महान्यायाधिवक्ताको कार्यालयले लामिछानेविरुद्ध राहदानी दुरुपयोगमा मुद्दा नचलाउने निर्णय गरे पनि यो निर्णयमाथि नै न्यायिक परीक्षणको बाटो भने खुला भएकाले यसबारे छलफल थालिएको स्रोतको दाबी छ । सर्वोच्च अदालतमा महान्यायाधिवक्ताको कार्यालयको मुद्दा नचलाउने निर्णय बदर गर्न माग राख्दै रिट दर्ता हुन सक्ने भएकाले लामिछानेविरुद्ध रिटमा जान सकिने अवस्था रहेको स्रोतले जनाएको छ ।

रविले अमेरिकी र नेपाली पासपोर्ट एक साथ प्रयोगमा ल्याएको भन्दै त्यसको अनुसन्धान हुनुपर्ने माग राख्दै उजुरी परेको थियो । सिन्धुलीका युवराज सफलले गृह मन्त्रालयमा हालेको उक्त उजुरी जिल्ला प्रशासन कार्यालय काठमाडौं हुँदै जिल्ला प्रहरी परिसर काठमाडौंसम्म पुगेको थियो । त्यसपछि रविको दोहोरो पासपोर्टबारे अनुसन्धान अघि बढेको थियो । अनुसन्धान सकेर प्रहरीले मुद्दा चलाउनुपर्ने किसिमको नदेखएको भन्ने रायसहित प्रतिवेदन पेस गरेको थियो

खबरपाटी
खबरपाटी