नीति बनाउने तर कार्यान्वयन नगर्ने नेपालको समस्या होः पौड्याल

नीति बनाउने तर कार्यान्वयन नगर्ने नेपालको समस्या होः पौड्याल

काठमाडौं । पेट्रोलियम पदार्थमा इथानोलाको प्रयोगमा बहस चलिरहेपनि सम्भावना र प्रयोगलाई ख्याल गर्नुपर्ने कियान केमिकल विज्ञ दिनेश पौड्यालले धारणा राखेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले सोमबार राधानीमा पेट्रोलियम पदार्थमा इथानोल मिश्रणको सन्दर्भमा वृहत छलफल कार्यक्रममा पौड्यालले यस्तो धारण राखेका हुन् । 

२०६० सालमा नै नेपालले पेट्रोलियम पदार्थमा १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने व्यवस्था गरेपनि यो बहसमा नै सीमित भएको उनले बताए । उत्पादन र प्रयोगको सम्भावनालाई अध्ययन नगरी लहटका भरमा इथानोल प्रयोगमा जोड दिन नहुँने पौड्याले बताए ।


पेट्रोलियम पदार्थमा वातावरणमैत्री इथानोललाई १० प्रतिशत सहजै मिश्रण गर्न सकिने उदाहरण नेपाल आयाल निगमले प्रस्तुत गरेपछि पौड्याले त्यसको खण्डन गरका हुन् । 

 
कार्यक्रममा निगमकातर्फबाट केन्द्रिय प्रयोगशाला प्रमुख प्रतिभा महर्जनले १० प्रतिशत इथानोल मिश्रण गर्न सकिने सुझाव दिँदै कार्यपत्र प्रस्तुत गरेकी छिन् ।  उनै कार्यपत्रमाथि टिप्पणी गर्दै पौड्यालले वृहत अध्ययन गरेर मात्र कार्यान्वयनमा जान आग्रह गरेका हुन् ।

खबरपाटी
खबरपाटी