प्रबन्ध निर्देशक अर्यालद्वारा पदभार ग्रहण

प्रबन्ध निर्देशक अर्यालद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)को प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले पदभार ग्रहण गरेकी छिन् ।

उनले आइतबारबाट प्रबन्ध निर्देशकको कार्यभार सम्हालेकी टेलिकमका प्रवक्ता किशोरकुमार भट्टले जानकारी दिए । 


पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्‌भावका लागि धन्यवाद दिइन् ।

पदको गरिमा र ​आफूप्रति सबैको विश्वासलाई उच्च प्राथमिकतामा राखेर संस्थालाई थप उचाइमा लैजाने उनको प्रतिबद्धता छ ।


यसअघि उनले निमित्त प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएकी थिइन् ।

यही भदौ २० गते बसेको मन्त्रिपरिषद् बैठकले उनलाई चार वर्षको पदावधि रहने गरी कम्पनीको प्रबन्ध निर्देशकमा नियुक्त गरेको थियो ।

नवनियुक्त प्रबन्ध निर्देशक अर्यालले भारतको अलाहावाद युनिभर्सिटीबाट बीई र थाइल्याण्डको एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीबाट एमई गरेकी छिन् ।

उनी २०४९ चैत २३ गतेबाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरेकी थिइन् ।

खबरपाटी
खबरपाटी