फेसबुकले माग्यो माफी, फर्कियो बालेनको पोस्ट

फेसबुकले माग्यो माफी, फर्कियो बालेनको पोस्ट

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकले काठमाडौँ महानगरपालिका प्रमुख बालेन्द्र शाहको फेसबुक पोस्ट हटाएकोमा माफी माग्दै पुनः फर्काइदिएको छ।

फेसबुकले बालेनको पोस्ट कम्युनिटी गाइडलाइनभित्रै रहेको पाइएपछि पुनः फर्काएको स्पष्ट पारेको छ। अहिले बालेनको फेसबुकमा उक्त पोस्ट देख्न सकिन्छ।

भदौ १६ गते बालेनले बाल श्रम शोषणको आरोप लागेकी एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मालाई कानुनी कारबाही नगरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि फेसबुकमा प्रश्न उठाएका थिए। 


उक्त पोस्ट फेसबुकबाट गायब भएपछि बालेनले सरकारले नै उक्त पोस्ट हटाइदिएको आरोप लगाएका थिए। 

यही विषयलाई लिएर फेसबुकमा बालेन र ओली समर्थकबीच फलो र अनफलो गर्ने प्रतिस्पर्धा नै चलेको थियो।


फेसबुकबाट स्टाटस हटेपछि बालेनको सचिवालयले ‘रिकभर’को प्रयास भइरहेको जनाएको थियो।

खबरपाटी
खबरपाटी