आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखालाई टुक्र्याएर दुईवटा महाशाखा बनाएका छन् । हाल नारायणप्रसाद रिसालले नेतृत्व गर्दै आएको महाशाखा अब दुई जनाले नेतृत्व गर्ने भएका छन् ।
“यो महाशाखा अब वित्तीय क्षेत्र व्यवस्थापन र संस्थान समन्वय महाशाखा हुने छ । वित्तीय क्षेत्र व्यवस्थापन महाशाखाको जिम्मा नारायणप्रसाद रिसालले पाएका छन्,” अर्थ मन्त्रालय स्रोतले भन्यो, “संस्थान समन्वय महाशाखाको जिम्मा दीर्घराज मैनालीले पाएका छन् ।”
मैनाली सार्वजनिक ऋण व्यवस्थापन कार्यालयबाट मन्त्रालय तानिएका थिए । उनी अहिलेसम्म जिम्मेवारीविहीन थिए । अब संस्थान समन्वय महाशाखाको जिम्मा पाएका छन् ।
योसँगै अर्थ मन्त्रालयमा महाशाखाको संख्या १० पुगेको छ ।