फाइनल खेलमा ऐरीलाई किन गरियो ‘रिटायर्ड हर्ट’ ? के भन्छन कप्तान क्रिस लिन ?
२२ साउन २०८०, सोमवार
काठमाडौं । नेपाली पारा पौडी खेलाडी भीमबहादुर कुमाल पेरिसमा जारी पारा ओलम्पिकअन्तर्गत ५० मिटर फ्रि-स्टायलमा हिट चरणबाटै बाहिरिएका छन्।
एस-९ विधाअन्तर्गत पुरुष ५० मिटर फ्री-स्टायलमा सोमबार भएको प्रतिस्पर्धामा भीमले ३५-०८ सेकेन्डको समय निकाले।
कुल ६ खेलाडी रहेको हिट-१ मा भीम अन्तिम स्थानमा रहे। विश्व पारा पौडीबाट ‘बिपरटाइट स्लोट्स’ प्राप्त गर्दै पेरिस पारा ओलम्पिकका लागि छनोट भएका थिए। भीमले पहिलो पटक ओलम्पिकको अनुभव लिएका हुन्।
योसँगै पारा ओलम्पिकमा नेपाली खेलाडीको चुनौती समाप्त भएको छ। यसअघि तेक्वान्दोकी पलेशा गोबर्धनले ऐतिहासिक कांस्य पदक प्राप्त गर्दा भरतसिंह महता पहिलो चरणबाटै बाहिरिएका थिए।
तीन खेलाडीले सहभागिता जनाएको प्रतियोगितामा भीमबहादुर अन्तिम प्रतियोगिताका रूपमा रहे।