काठमाडौं। पेरिस पारालिम्पिक्समा नेपालकी पलेशा गोवर्धन क्वाटरफाइनलमा पराजित भएकी छिन्।
सेमिफाइनल प्रवेशका लागि शुक्रवार भएको खेलमा पलेशा विश्व नम्बर एक खेलाडी ब्राजिलियन सिल्भाना मायारा कार्डोस फरनान्डेजसँग १०-८ ले पराजित भइन्।
के – ४४ क्याटगोरीको महिला ५७ केजीमुनि तौल समुहको प्रतिस्पर्धामा दश सेकेन्ड भित्र पलेशाले २-० को अग्रता बनाएकी थिइन्।
यसपछि ५६ सेकेन्ड बाकी रहँदा पलेशासँग ८-३ को स्पष्ट अग्रता रहेको थियो। तर यो अग्रता जोगाउन उनी असफल भइन् ।
यता ब्राजिलियन सिल्भानाले लगातार सात अंक जोडिन। जसमा ६ अंक बडी किक बाट र १ अंक पेनाल्टीबाट हात पारिन्। जित नजिक पुगेर पराजित पलेशाले अब रिपाचेज मार्फत कास्य पदकको लागि प्रतिस्पर्धा गर्नेछिन्।
यसअघि उनले आज क्वाटरफाइनलमा भेनेजुएलाकी भलेरिया मोराल्सलाई ३१(० को फराकिलो अन्तरमा पराजित गरेकी थिइन्।