काठमाडौं । नेपालको प्रतिष्ठित स्टील कंपनी प्रिमियर स्टीलले क्रिकेटर पारस खड्कालाई पुनस् ब्राण्ड एम्बेसेडरमा नियुक्त गरेको छ।
मंगलबार काठमाडौमा आयोजित एक समारोहमा प्रिमियर स्टीलका अध्यक्ष शिव रतन सारडाले राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाइ ब्राण्ड एम्बेसेडरमा नियुक्त गरेको बताएका थिए । खड्कालाई १ बर्षका लागि पुनस् ब्राण्ड एम्बेसेडर बनाइएको बताइएको छ।
नेपालमा स्टील उत्पादन गर्ने सबैभन्दा ठूलो कम्पनी मध्येको एक प्रिमियर स्टीलको ब्राण्ड एम्बेसेडरमा नियुक्त भएपछि अब पारस खड्काले प्रिमियर स्टीलका सबै उत्पादनहरूको ब्राण्डिङमा अगवुाई गर्नेछन ।
प्रिमियर स्टीलसँग फेरी अनुबन्धित हुन पाएकोमा खुसी ब्यक्त गर्दै क्रिकेटर खड्काले यो ब्राण्डको बजार बिस्तारमा सक्रियताका साथ लाग्ने बताए ।
गुणस्तरीय उत्पादनको लक्ष्यका साथ स्थापित प्रिमियर स्टीलले हालसम्म देशभर ५०० भन्दा बढि रिटेल आउटलेट खोल्न सफल भएको कंपनीले दाबी गरेको छ ।
नेपालका ठुला बिकासका आयोजनाहरूमा समेत प्रिमियर स्टीलको माग बढ्न थालेको छ । साथै हाइड्रोपावर, हाउजिङ पुल, व्यबसायिक कम्प्लेक्सहरूको निर्माणमा समेत प्रिमियर स्टील प्रयोग भइरहेको कंपनीले जनाएको छ ।