झापामा नाबालिगमाथि सामूहिक बलात्कार, ६ जना पक्राउ

झापामा नाबालिगमाथि सामूहिक बलात्कार, ६ जना पक्राउ

काठमाडौं ।  झापाको अर्जुनधारा नगरपालिका(५ मा १५ वर्षीया नाबालिगमाथि सामूहिक बलात्कार भएको छ । किशोरीलाई सात जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ। बलत्कारको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ भने एक जना फरार रहेको प्रहरीले जानकारी दिएको छ ।


बलात्कारको घटनामा संलग्न आरोपमा अर्जुनधारा नगरपालिका-५ का १९ वर्षीय अनिष लिम्बू, अर्जुनधारा=८ का ३४ वर्षीय सरोज राई र २५ वर्षीय केशव मगर पक्राउ परेका छन्। अर्जुनधारा-८ का १९ वर्षीय सुनील राजवंशी र सुदीप श्रेष्ठ र सुजन डाँगीलाई पनि पक्राउ गरिएको छ।

उनीहरुले शुक्रबार राति अर्जुनधारा-८ नयाँ बजारस्थित बाख्रा हाटको फलैंचामा ती बालिकालाई बलात्कार गरेका थिए। पीडित बालिकाको उपचार भइरहेको छ।


शुक्रबार राति ती युवाले किशोरीलाई सामूहिक बलात्कार गरेको प्रहरीमा उजुरी परेको थियो ।

खबरपाटी
खबरपाटी