तनहुँ बस दुर्घटना: १० गोताखोर र ८० जना सुरक्षाकर्मी उद्धारका लागि परिचालन

तनहुँ बस दुर्घटना: १० गोताखोर र ८० जना सुरक्षाकर्मी उद्धारका लागि परिचालन

पृथ्वीराजमार्ग अन्र्तगत तनहुँको आँबुखैरेनी नजिकै भारतीय नम्बर प्लेटको बस मस्याङ्दी नदीमा बस खसेको छ । आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहराबाट यात्रुबाहक बस शुक्रबार मध्याह्न मस्र्याङ्दी नदीमा खसेको हो 

पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको बस नदीमा खसेको तनहुँका प्रहरी नायव उपरीक्षक दीपककुमार रायले जानकारी दिए । उनकाअनुसार बसमा भारतीय पर्यटक रहेका थिए । यात्रुको सङ्ख्या भने एकिन हुन सकेको छैन ।

अहिले प्रहरी टोली घटनास्थलमा पुगेर यात्रुको उद्धार गरिरहेको छ । १० जना गोताखोर उद्धारका लागि परिचालन भएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल विपद् ब्यबस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र मनकामना गण भानु तनहुँबाट ३५ जनाको टोली उद्धारमा खटिएको प्रहरीले जनाएको छ ।

अप्ठेरो भीर भएका कारण उद्धारमा कठिनाइ भएको प्रहरीले जनाएको छ ।

खबरपाटी
खबरपाटी