तनहुँ बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १६ घाइते, केही बेपत्ता

तनहुँ बस दुर्घटना अपडेट : १४ जनाको मृत्यु, १६ घाइते, केही बेपत्ता

तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा बस खस्दा १४ जनाको मृत्यु भएको छ ।

शुक्रबार अपरान्ह १ बजेसम्ममा १४ जनाको शव घटनास्थलबाट निकालिएको सशस्त्र प्रहरीले बताएको छ ।घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको छ।

उद्धार गरिएका १६ जना घाइतेलाई उपचारका लागि स्थानीय अस्पतालमा पठाइएको प्रहरीले बताएको छ ।

शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको थियो । बस नदी किनारमा अडकिएको अवस्थामा छ ।

बस दुर्घटना हुँदा ठूलै हताहती भएको प्रहरीले बताएको छ ।तनहुँका डीएसपी दीपक कुमार रायले उद्दारको क्रम जारी भएकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने बताएका छन् । उनका अनुसार बसमा चालक, सहचालकसहित  ४३ जना थिए ।

अहिले उद्धार कार्य जारी छ ।

खबरपाटी
खबरपाटी