आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौं । रास्वपा सभापति रवि लामिछाने सहकारी ठगीबारे बयान दिन सहकारी ठगी छानबिन विशेष संसदीय समितिमा पुगेका छन् । संसदीय समितिले उनीसँग गोरखा मिडिया प्रालिको एमडी हुँदा विभिन्न सरकारीहरूसँग भएको कारोबारबारे बयान लिन लागेको हो । उनीसँगको बयान सुरु भएको छ ।
लामिछाने एमडी रहेको बेला सो कम्पनीले अवैध रूपमा सहकारीबाट ऋण लिएको छ भने लामिछाने स्वयम्ले पनि सहकारीबाट ऋण लिएको पाइएको छ । उनले सहकारीको सदस्य नहुँदै ऋण लिएको पाइएको छ । लामिछाने नै सहकारी ठगीमा मुछिएपछि संसदले लामो रस्साकस्सीपछि विशेष समिति गठन गरेको थियो । समितिले यसअघि उनीसँग जोडिएका विपिन आचार्य र छविलाल जोशीसँग पनि बयान लिएको छ ।