सांसद सिंह : त्रिविको सम्पत्ति कांग्रेस–एमालेले आधा–आधा बाँड्दा हुन्छ

सांसद सिंह : त्रिविको सम्पत्ति कांग्रेस–एमालेले आधा–आधा बाँड्दा हुन्छ

काठमाडौँ । स्वतन्त्र सांसद डा. अमरेशकुमार सिंहले सत्तारुढ दलहरु नेपाली कांग्रेस र नेकपा ९एमाले०लाई त्रिभुवन विश्वविद्यालयको सम्पत्ति आधा–आधा बाँडेर पार्टी कार्यालय बनाउन सुझाव दिएका छन्।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद सिंहले कांग्रेस र एमालेलाई त्रिभुवन विश्वविद्यालयको सम्पत्ति आधा–आधा बाँडेर लिन सुझाव दिएका हुन्।

उनले नेपाली विद्यार्थीहरुलाई विदेशमा लखेटेर त्रिभुवन विश्वविद्यालयमा भागबन्डाको राजनीति गरेको भन्दै सम्पत्ति बाँडफाँट गरेर दलको नाममा दर्ता गर्न र पार्टी कार्यालय खोल्न सुझाव दिए।

उनले भ्रष्टाचारको मुद्दामा हदम्याद राख्ने कोशिस भइरहेको भन्दै ठूला दलहरुले आफूलाई चोख्याउनका लागि हदम्याद राख्न लागिएको बताए। उनले हदम्याद राखेर भ्रष्टाचारलाई चोख्याउन दिनु नहुने बताए।

उनले भने, ‘दुई वटा दलले त्रिभुवन विश्वविद्यालयको सम्पत्ति आधाआधा बाँडेर आधाआधामा पार्टी कार्यालय बनाऔँ। आधा काँग्रेस, आधा एमाले बाँडौँ। किनकि विद्यार्थीलाई त सबैलाई विदेशमा लखेटेकै हो दुई दलको सरकार छ अहिले यही मौका छ कि त्रिभुवन विश्वविद्यालयमा त्यत्रो ३३ सय रोपनी जग्गा छ, बाँडेर दलको नाममा दर्ता गरौँ। किनकि यो देश जनताको होइन, दलको मात्रै हो।’

खबरपाटी
खबरपाटी