काठमाडौँ । काठमाडौ चन्द्रागिरि नगरपालिका वडा नम्बर २ बस्नेत बन मोड (पातले बन रिसोर्ट जाने बाटो नजिक) अबिरल वर्षातको कारण सडक माथी बाट ठूलो पहिरो खसी सडक पुर्ण रुपमा अबरुद्ध भएको छ । उक्त स्थानमा सडक बिस्तारको नाममा भित्ता कटानी भएको थियो तर टेवा पर्खाल जति उचाइको लगाउनु पर्ने थियो त्यो थिएन । २ दिन देखिको अबिरल बर्षाका कारण आज उक्त स्थानमा पहिरो गएको छ । सडक रुट सुरक्षीत छैन थुप्रै ठाउमा पहिरो जान सक्ने जोखिम रहेको छ ।
नागढुङ्गा नजिकै पहिरो खसेपछि अहिले मुग्लिङ(काठमाडौँ सडक अवरुद्ध भएको छ । झ्याप्ले खोलमा खसेको पहिरो अहिले पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ ।
पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुङ्गा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाइला निस्कन सकिने हुनाले धेरै सवारी साधनले वैकल्पिक मार्ग गरिरहेको प्रहरीले जनाएको छ ।
ठूलो पहिरो खसेकोले पहिरो पन्छाएर सडक सुचारु गर्न अझै केहि समय लाग्ने प्रहरीले बताएको छ ।