आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौँ । प्रतिनिधिसभाबाट पास भएको ुबेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयकु टीआरसी विधेयक राष्ट्रिय सभामा पेस भएको छ ।
आइतबारको राष्ट्रिय सभा बैठकमा सरकारका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले उक्त विधेयक पेस गरेका हुन् ।
मन्त्री चौरसियाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग तेस्रो संशोधन विधेयक, २०७९ माथि विचार गरियोस् भन्ने प्रश्ताव सभा समक्ष प्रस्तुत गरेका थिए ।
त्यसपछि राष्ट्रिय सभामा सोही विधेयकमाथि छलफल भइरहेको छ । आइतबारको बैठकमा उक्त विधेयकका सन्दर्भमा राष्ट्रिय सभाका सदस्यहरुले धारणा राखिरहेका छन् ।