आफ्नो कर्मचारीलाई धानको घुन सम्झेर पिस्सिरहेको एन.आइ.सि.एसिया बैंक
२० फागुन २०८०, आइतवार
काठमाडौंं । प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा गर्दै मुलुकमा सुशासन कायम गर्न आफू नेतृत्वको सरकार नचुक्ने दाबी गरेका छन् ।
आज प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सरकार लोकतान्त्रिक प्रणालीका लागि भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा अघि बढ्ने बताए ।
उनले भने, ‘देश र जनतालाई सर्वपरी राखेर देश र जनताको हितहरूप्रति समर्पित भएर लोकतन्त्रका मूल्यमान्यताहरूलाई जीवन पद्धतिको रूपमा अवलम्बन गरेर सुशासनका निम्ति भ्रष्टाचार नियन्त्रण र अन्त्य गर्ने दिशामा हामी जानेछौँ ।’
साथै उनले लोकतन्त्रलाई जीवन पद्धतिको रूपमा अवलम्बन गर्न कसैको फरक मत नरहने उल्लेख गरे । उनले लोकतन्त्रका विरुद्धमा केही प्रवृत्तिहरू देखा पर्न गएको समेत बताए ।