भासिएको दाउन्ने सडक पुनः सञ्चालनमा

भासिएको दाउन्ने सडक पुनः सञ्चालनमा

काठमाडौं । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको सडक सञ्चालनमा आएको छ । 

सडक भासिएपछि केही समयका लागि यातायात सञ्चालनमा रोक लगाइएको थियो । मर्मतपछि आवतजावतका लागि सडक खुला गरिएको छ । नवलपुरको दाउन्नेमा गएराति सडक भासिएको थियो । विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने बजारमा भासिएको सडकमा थप क्षति भएर समस्या हुनसक्ने भएकाले यातायात रोकेर मर्मत गरिएको थियो । 

हाल आंशिक रूपमा सडक सञ्चालन गरिएको बताइएको छ । सडक भासिएसँगै यातायात सञ्चालनमा अवरोध भएको थियो । 
 

खबरपाटी
खबरपाटी